एडीबीद्वारा २५ करोड अमेरिकी सहयोग



नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा सिर्जित समस्यासँग जुध्नका लागि एसियाली विकास बैंक (एडीबी)ले २५ करोड अमेरिकी डलर सहुलियतपँर्ण ऋण स्वीकृत गरेको छ ।

एडीबीका अध्यक्ष मासात्सुगु असाकावाले एडीबीको सहयोगबाट सरकारले विपन्न र जोखिममा रहेको समुदायलाई सामाजिक सुरक्षा प्रदान गर्ने र आर्थिक पुनरोत्थानको चरणमा प्रवेश गर्ने उल्लेख गर्नुभएको छ । त्यस्तै, उहाँले नेपाल सरकार र अन्य दातृ निकायसँग निकट रहेर समन्वयात्मक ढंगले प्रभावकारी सम्बोधनका लागि काम गर्ने बताउनुभएको छ ।

‘कोभिड–१९ प्यान्डामिक रेस्पोन्स अप्सन’ विकासशील सदस्य राष्ट्रहरुलाई कोरोना भाइरस महामारीको प्रतिकार्यका लागि एडीबीको २० अर्ब अमेरिकी डलर बराबरको विस्तारित सहायताको एक अंगका रुपमा गत महिना स्थापना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्