युट्युबमा साइनो



कोरोना संक्रमणको जोखिमका कारण लकडाउन लम्बिँदै गएको छ। लकडाउनको समय पट्यारलाग्दो नहोस् भन्नका लागि विभिन्न गीत–संगीत सार्वजनिक भइरहेका छन्।
यो समय व्यतीत गर्नका लागि युट्युब च्यानलमा फिल्महरू पनि रिलिज गरिँदै आएको छ। तर युट्युबमा आएका फिल्महरू पनि हेरिसिध्याएका फिल्मप्रेमीहरूले के गर्ने? चिन्ता नगर्नोस् युट्युबमा आएका फिल्महरू पनि हेरिसकेका फिल्मप्रेमीका लागि अब अर्को एउटा नयाँ नेपाली फिल्म सार्वजनिक गरिएको छ।
प्रथम नेपाली नायिका भुवन चन्द थापाले पहिलोपटक निर्माण गरेको फिल्म साइनो युट्युबमा रिलिज गरिएको हो। फिल्म बोधी एचडी युट्युब च्यानलमा रिलिज गरिएको हो। लकडाउनका बेलामा दर्शकका लागि मनोरञ्जन दिन फिल्म युट्युबमा राखिएको निर्देशक रमेश थापाले बताए। थापाले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। कुनै पनि चलचित्र नचलेका बेला गत वर्ष हलमा रिलिज भएको यो फिल्मले दर्शकबाट राम्रो तारिफ पाएको थियो ।
चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्वारा निर्देशित साइनोमा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। शरण थापा कार्यकारी निर्माता रहेको फिल्म अभिमन्यु निरवीले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्