गुरुकुल बिद्याश्रमलाई स्वास्थ्य सामाग्री सहयोग



न्युज अफ नेपाल,पोखरा ।

पोखरा-६, बैदाम स्थित केदारेश्वर वैदिक गुरुकुल बिदधाश्रममा सेनिटाईज़र, मास्क र फलफूल हस्तान्तरण गरिएको छ।बुधवार युथ नर्स संजाल कास्कीका संयोजक सरस्वती पुरी, सदस्यहरू मुना ढकाल घिमिरे, मेलिना श्रेष्ठ र कल्पना गुरुंगले सयुक्त रुपमा१२ पिस सेनिटाइज़र, २ सय पिस मास्क र फलफुल आश्रमका पिठाधिश डा लेखनाथ आचार्यलाई हस्तान्तरण गरेका थिए ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको जोखिमसंग बचेर काम गर्न सहज बनाउन मास्क बितरण गरिएकोसंजालका संयोजक सरस्वती पुरीले बताउनु भयो । उहाँले आश्रम रहेका बटुकलाई करोना भाईरस संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे आफ़्ना भनाई समेत राख्नु भएको थियो।

स्वास्थ्य सामग्री ग्रहण गर्दै आश्रमका पिठाधिस डा आचार्यले सहयोग सानो ठूलो र धेरै थोरै भन्ने हुदैन शुद्ध मनले दिएको दान नै ठुलो हुने बताउँदै सहयोगी मनप्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्