विपद्को बेला बिहान मात्र पसल खोल्नु



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेकोले ललितपुर महानगरपालिका क्षेत्रमा बिहानीको समयमा मात्र पसल खुल्ने उचित हुने बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाका अधिकाशं वडाअध्यक्षहरुले प्रहरी प्रशासनसंग समन्वय गरेर हरेक दिन बिहान ५ देखि ११ बजेसम्म खाद्य, तरकारी पसल, फलफूल पसल खोल्न दिने निर्णय गरेको थियो । त्यस लगतै महानगरपालिकाले बिहान मात्र नभई दिनभर पसल खोल्न दिने पत्राचार गरेको थियो ।

यसरी वडाअध्यक्षहरुको निर्णय र महानगरपालिकाको निर्णय बाझिएपछि साना व्यवसायी अन्यौलमा रहेका छन्। लकडाउनलाई बेवास्ता गरी आफूखुसी पसलहरु खुल्ला गर्ने र मानिसहरु समेत बाहिर गर्ने प्रवृत्तिले संक्रमणको जोखिम उच्च रहेको छ । ललितपुरमा एक जना संक्रमित देखिएको छ । ’ यस्तो बेला बिहान एक समय पसल खुल्नु निर्णय सही रहेको पनि संयोजक अवालेको भनाई रहेको छ ।

साना व्यवसायीहरु अन्यौलमा हुनु नपर्ने भन्दै १२ वडाका वडाअध्यक्ष समेत रहनुभएका संयोजक अवालेले भन्नुभयो ‘अहिलेको समयमा वडाअध्यक्षहरुले गरेको निर्णय नै व्यावहारिक हुन्छ । दिनभर पसल खोल भनेर महानगपालिकाले गरेको पत्राचारको पछाडि बिर्ग मार्ट, भाटभटेनी जस्ता ठूला व्यवसायीहरुको प्रभाव रहेको छ ।

वडाअध्यक्षहरुले गरेको निर्णय स्थानीय तथा साना व्यवसायीहरुको पक्षमा रहेको छ ।’ ललितपुर जिल्लामा भाटभटेनी डिपार्टमेन्ट स्टोर दुईठाउँमा रहेका छ भने वीग मार्ट ४ स्थान, के के मार्ट चार ठाउँ र सेल्सवेरी ३ स्थानमा रहेको छ ।

महानगरपालिकाले दिनभर पसल खोल्न पत्राचार गरेपनि नगरमा वडाअध्यक्षहरुले भने अनुसार नै पसल खोल्ने गरेको पनि वडाअध्यक्ष अवालेले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्