बर्दियामा क्वारेन्टिनमा बसेका ब्यक्तिको मृत्यु



धम्बोझी । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक व्यक्तिको आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुरका ५५ वर्र्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

ज्याला मजदूरीका लागि अछाम जानुभएका उहाँलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो ।

उहाँसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । उहाँको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्