भोली ४ बजे बजेट भाषण



न्युज अफ नेपाल, काठमाडौं ।

भोली बिहीबार दिउँसो सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्नेभएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट भाषण प्रस्तुत गर्नुहुने भएको छ ।  संवैधानिक व्यवस्था अनुसार हरेक बर्षको जेठ १५ गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ ।

४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गर्नुभएको छ । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ।

प्रतिक्रिया दिनुहोस्