एनिमेसन स्टुडियोमा आगलागी हुँदा ३६ को मृत्यु



टोक्यो,एजेन्सी ।

जापानको क्योटो शहरस्थित एउटा एनमेसन स्टुडियोमा आगो लगाएर ३६ जना मानिसको ज्यान लिएको अभियोगमा प्रहरीले अभियोग लगाएको दस महिना पुगिसकेको छ ।

४२ बर्षीय सिन्जी आयोवा सन् २०१९ को जुलाई महिना भएको सो आगजनी यता अस्पतालमा रहेका छन् । नराम्ररी जलेका उनी बोल्न सक्ने स्थितीमा नरहेकाले अझैसम्म कारवाही अघि बढ्न नसकेको प्रहरीले जनाएको छ ।

उनले आफैंले सो आगो लगाएको स्वीकार गरिसकेका छन् । उक्त घटनामा अन्य दर्जनौँ व्यक्ति घाइते भएक्का थिए । के–अन र भायोलेट इभगार्डेन जस्ता चर्चित सिरिजका लागि क्योटो एनिमेसन लोकप्रिय रहेको छ ।

उनलाई अस्पतालबाट ल्याएर अहिले प्रहरी प्रधान कार्यालयमा राखिएको छ । सो दुखान्त घटनामा मारिनेहरु मध्ये अधिकांश युवा एनिमेटरहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्