हत्याको आशंकामा गाडेको शव निकालियो



न्युज अफ नेपाल,नवलपरासी ।

पश्चिम नवलपरासी प्रहरीले हत्याको आशंकमा परिवारद्वारा गाडिएको बालिकाको शव निकालेको छ । प्रहरीले सिमावर्ती सुस्ता गाउपालिका ३ रेवारेताकी १४ वर्षीया बालिका धनेश्वरी विनको शव गाडेको ठाउंबाट निकालेको हो ।

स्थानीयले हत्या गरेर बालिकाको शव गाडेको हुन सक्ने आशंका गरेपछि प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि सदरमुकाम परासी पठाएको छ ।

प्रहरीले बालिकाका बाबु, आमा, दाजु र छिमेकी एक सहित ४ जनालाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्