कांग्रेसद्वारा हावाहुरीका कारण ज्यान गुमाउने प्रति दुःख ब्यक्त



न्युज अफ नेपाल,नवलपरासी ।

नेपाली काग्रेस पूर्वी नवलपरासीले गैडाकोटमा हावाहुरीका कारण दुई जनाको ज्यान गएकोमा दुःख ब्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति एवं प्रदेश सांसद विष्णुप्रसाद लामिछानले मंगलबार विज्ञप्ती मार्फत दिवंगत आत्मा प्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा समबेदना ब्यक्त गर्नु भएको छ ।

गत शनिबार सांझ गैडाकोट ८ का काशीराम पौडेल र सूर्य बहादुर भण्डारीको हावाहुरीका कारण कुखुरा फर्मको खोरले च्यापेर मृत्यु भएकोमा लामिछानेले दुःख ब्यक्त गर्नु भएको हो ।

लामिछानेले पिडीत परिवारलाई यस शोकको घडीमा धैर्यधारण गर्न र सम्वन्धित निकायलाई हावाहुरीले गरेको क्षतिको विवरण लिई अविलम्व राहत उपलब्ध गराउन माग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्