मेरो टिभीद्वारा ५० बढी कर्मचारी निष्कासन



न्युज अफ नेपाल, काठमाडौँ ।

डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टिभी) ले लकडाउनका कारण तलब पुर्‍याउन नसक्ने भन्दै ५० जना भन्दा बढी कर्मचारीलाई निष्कासन गरेको छ ।

‘लकडाउनका कारणले सम्पूर्ण व्यापार एवं कारोबार ठप्प रहेकोले कम्पनीका कार्यरत कर्मचारी सेवामा आउन नसकेको, अधिकांश कर्पोरेट ग्राहकले सेवा लिन अस्वीकार गरेको, कम्पनीबाट सञ्चालनमा रहेका सम्पर्क कार्यालय अधिकांश बन्द भएको, ग्राहकबाट रकम नउठेको आदि कारणबाट कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भइ कर्मचारीको तलब खुवाउन नसकेको भन्दै कर्मचारी कटौती गरिएको मेरो टिभीले जारी गरेको निष्कासन–पत्रमा उल्लेख छ । ‘

(मेरो टिभी र स्काइ टिभी) गाभिएका कारणले स्टाफ धेरै भएको र लकडाउनले बसैलाई रोजगारी दिन नसकेको डिभाइन स्ट्रिम नेटवर्कका अध्यक्ष होम पाण्डेले बताएका छन् ।

यस्तै, निष्कासन गरिएका कर्मचारीले भने दसैंदेखि नै आफूहरुले नियमित तलब–भत्ता तथा अन्य सुविधा नपाएको र लकडाउनका समयमा एक्कास निष्कासनको पत्र पठाएर अन्याय गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्