जीडीपीमा १६८ अर्ब नोक्सानी हुने



न्युज अफ नेपाल,काठमाडौं ।

कोभिड–१९ कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षामा सो कुरा उल्लेख छ ।

तेस्रो मौद्रिक नीति समीक्षाअनुसार चैत र वैशाख महिनामा ७ अर्ब १६ करोड रुपियाँको निर्यात र एक सय अर्ब ९० करोडको आयात भएको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोडको निर्यात र २२९ अर्ब ३ करोडको आयात भएको थियो ।

त्यस्तै चैत र वैशाखमा ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको छ । गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । गत फागुनमा ५ अर्ब १० करोड पर्यटनबाट आय प्राप्त भएकोमा चैतमा १ अर्ब ६० करोड प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्