आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने



न्युज अफ नेपाल,काठमाडौं ।

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने भएको छ । मंगलबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत आर्थिक सर्वेक्षण सो उल्लेख छ ।

कोरोनाका प्रभावका कारण आर्थिक वृद्धिदरमा असर गरेको हो । चालू आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत हुने लक्ष्य राखिएको थियो ।

त्यस्तै कोभिडपूर्वको अवस्थामा चालुआर्थिक वर्षका लागि नेपाल राष्ट्र बैकले ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण र केन्द्रीय तथ्याङ्क विभागले हालै २ दशमलव २८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्