चुरोटको अवैध कारोबार



जोहान्नेसवर्ग,एजेन्सी ।

कोरोना भाइरसको विशवव्यापि महामारीको रोकथाम तथा नियन्त्रणका लागि गत मार्चको अन्त्यमा सुर्तीजन्य  वस्तुको बिक्रि वितरणमाथि कडा प्रतिवन्ध लगाइए यता दक्षिण अफ्रिकामा चुरोटको अवैध कारोवारले निकै तीब्रता पाएको बिबिसीले मंगलवार जनाएको छ ।

अहिले राजधानी जोहान्नेसवर्गमा चुरोट किन्नका लागि प्रतिवन्धित लागु औषध खरिद गर्न जसरी जोखिम मोलेरै गोप्य रुपमा मोलतोल गर्नु पर्ने स्थिती रहेको चुरोटका अम्मलीहरु बताउछन् ।

चुरोट ब्यापारी र खरिदकर्ताहरुबिच व्हाट्स अप समुहमा किनबेचको स्थानको तय हुने गरेको छ । २९ वर्षिया एक बिक्रेता महिलाले ग्राहक विश्वासिलो रहेको बुझिएपछि बल्ल आपसी सहजताको आधारमा कुनै स्थानमा आएर दुई पक्षबिच कारोवार हुने गरेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्