उड्स र पेटोनले जिते १६ मिलियन पाउण्ड



लन्डन, एजेन्सी।

टाइगर उड्स र पेटोन मानिङको जोडीले च्यारिटी गल्फ खेलको उपाधि जित्दै १६ मिलियन पाउण्ड हात पारेका छन् ।

कोरोना भाइरसबाट प्रभावित हुने ब्यक्तिका लागि सहयोग गर्ने लक्ष्यका साथ आयोजना भएको उक्त गल्फ प्रतिस्पर्धामा टाइगर उड्स र पेटोन मानिङको जोडीले फिल मिकेल्सोन र टोम ब्राडीको जोडीलाई पराजित गरेका थिए । उनीहरुले ९८ दिनपछि गल्फ खेलेका थिए ।

फ्लोरिडामा भएको खेलको अन्तिम दिन बर्षाका कारण खेल ४५ मिनेट ढिलो भएको थियो । सुरुवाती चरणमा टोम र फिलले अग्रता बनाएपनि अन्तिममा उड्सको जोडीले राम्रो प्रदर्शन गरेको थियो । जसका कारण उनीहरुलाई पहिलेको जसरी खेल्न कठिन भएको बताएका छन् । उपाधिसँगै उनीहरुले प्राप्त गरेको रकम कोरोना विरुद्धको अभियानका लागि सहयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्