प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने सो बैठकमा कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गरिने बताइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्