बैकुन्ठ दाहाल, काठमाडाैं ।
(कविता)
भो अब जाँन्न म त बिदेश
बस्छु यतै कसै गरि स्वदेश
खनि खोस्रि आफ्नै खेत बारि
झाँङ्गिएको छ जहाँ वनमासा घारि ।
मलाई प्यारो लाग्छ आफ्नै माटो
हावा पानि आफ्नै खेत बारि
पौरखले सिन्चिनु छ बाँझिएको बारि
हरा भरा बनाउनु छ बाँझो खेत बारि ।
वारि हेर हरियालि साग सब्जि घारि
हराभरा बनाउछु फल फुल सारि
गाई पालि दुध खान्छु अमृतै सरि
सन्देश यहि फिजाउनु छ देश भरि ।