भारतबाट पर्वत आएका २९ जनाको पिसिआर रिर्पोट नेगेटिभ



न्युज अफ नेपाल, पर्वत ।

पछिल्लो एक हप्तामा भारतबाट पर्वतमा आइपुगेका २९ जनाको पिरिआर परिक्षणमा कोरोना रिर्पोट नेगेटिभ आएको छ । सिमामा भारतीय क्वारेन्टाईनमा बसेर पर्वत आइपुगेका २९ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

पर्वत जिल्ला अस्पतालका प्रमुख डा.शिशिर देवकोटाका अनुसार जेठ ११ गते स्वाब संकलन गरि पोखरा स्थित प्रादेशिक प्रयोगशालामा पिसिआर परिक्षण गरिएको थियो । यस अघि भारतबाट आएका दुई जनाको परिक्षण गरिएको थियो । उनीहरुको रिर्पोट नेगेटिभ आएको थियो । योसंगै लक डाउनको अवधिमा भारतबाट आएका ३१ जनामा संक्रमण भेटिएको छैन ।

सोमबार भारतबाटै आएका थप ८ जनाको थ्रोड स्वाब संकलन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको छ । सिमानाबाट उद्दार गरि सिधै पर्वत ल्याएकाह कुश्मा बजारमा रहेको शिवालय मावि र ब्लू एन्जल होटलको क्वारेन्टाइनमा बसेका छन् । स्वाब संकलन गरिएका मध्ये १७ बर्ष देखि ३० बर्ष उमेर समूहका मानिसहरु रहेका छन भने १ जना भने ५० बर्ष उमेर समूहका छन् ।

स्वाब संकलन गरिएकाहरु मध्ये पैयू गाउँपालिकाका सवै भन्दा धेरै १५ जना रहेका छन् ।यसैगरी फलेवास नगरपािलकाका ४ जना, विहादी गाउँपालिकाका ३ जना, महाशिला गाउँपालिकाका २ जना मोदी गाउँपालिकाका २ जना रहेका छन् । यसैगरी कुश्मा नगरपालकाका २ जना र जलजला गाउँपालिकाका १ जना रहेका छन् ।

अव उनीहरुलाई थप १४ दिन स्थानीय तहका क्वारेन्टाइनमा पठाइने छ । संक्रमितको पहिलो रिर्पोट नेगेटिभ आएपनि संक्रमण पुष्टि हुन कम्तिमा १ हप्ता लाग्ने भएका कारण रिर्पोट नेगेटिभ आए पनि उनीहरु कडाईका साथ सरकारी क्वारेन्टानमा बस्नुपर्नेछ ।

रिर्पोट नेगेटिभ देखिएपछि स्थानीय तहले ब्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्नका निम्ति सिफारिस गरिने डा. देवकोटाले बताउनुभयो । रिर्पोट नेगेटिभ आए पछि कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा नबसेमा संक्रमण फैलने सम्भावना बढ्ने डा। देवकोटाको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्