डब्ल्युएचओद्वारा मलेरियाको औषधीको प्रयोगमा रोक



स्टकहोम (एजेन्सी)

कोरोना संक्रमणको उपचारका लागि कुनै औषधी विकास नहुँदा मलेरियाको उपचारमा प्रयोग हुने औषधी हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी भएको दावी गरिएको थियो । उक्त औषधी धेरै जसो देशमा परीक्षणका रुपमा प्रयोग पनि हुन थाल्यो । तर अब विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोविड १९ को उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण प्रयोगमा रोक लगाएको छ ।

केही दिन अघि नै विश्वभरीको अनुसन्धान प्रकाशित गर्ने चर्चित पत्रिका द ल्यासेन्टले क्लोरोक्विन र एचसीक्यूबाट फाइदा भएको कुनै प्रमाण प्राप्त नभएको जनाएको थियो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले उक्त विश्व संस्थाको कार्यकारी समुहले हाललाई सोलिडेरिटी ट्रायल अन्तर्गत एचसीक्यू माथि अस्थायी रोक लगाएको छ । यसका लागि पहिला डाटा सेफ्टी मनिटरिंग बोर्डले सुरक्षा डाटाको समीक्षा गर्नेछ ।

परीक्षणको बाँकी काम पनि जारी रहने जनाएको छ । सोलिडेरिटी एक अन्तराष्ट्रियल क्लिनिकल परीक्षण हो जसले विश्व स्वास्थ्य संगठनको साझेदारीमा औषधीको प्रभाकारिताको परीक्षण गर्छ । सोलिडेरिटी परीक्षणमा उपचारका चार विकल्पको तुलना गरिन्छ । यसले कोविड १९ मा हुने असरको आंकलन गरिन्छ ।

मकोलाइड बिना वा त्यो सँगै पनि क्लोरोक्विन र एचसीक्यूको प्रयोगले कोविड १९ विरामीको मृत्युदर बढेको द ल्यासेन्टले दावी गरेको छ । पत्रिकाले ताजा अनुसन्धान करिब १५ हजार कोविड १९ विरामीमाथि गरिएको थियो । यसअघि अमेरिका सरकाले

विशेषज्ञहरुलाई पनि हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसकाको संक्रमण हुनु अघिका विरामीलाई काम नगर्ने सचेत गराएका थिए ।
केही दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले हाइड्रोक्सिक्लोरोक्विन कोविड १९ का लागि गेमचेन्जर भएको बताएका थिए । आफुले उक्त औषधी सेवन गर्दै आइरहेको बताएर सबैलाई चकित पारेका थिए । ट्रम्पका स्वास्थ्य सल्लाहकार प्रमुख फसीले पनि हाइड्रोक्सिक्लोरोक्विन लाभ दायक नभएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्