वुहान ल्याबमा कोरोना भाइरस नै थिएन



बेइजिंग (एजेन्सी)

चीनको वुहान सहर स्थित भ्वाइरोलोजी इन्स्टिच्युटमा चमेरोमा पाइने भाइरसको तीन प्रकार भेटिए । तर ती मध्य कुनै पनि कोरोना भाइरससँग मेल खाँदैन, जसले विश्व भरी लाखौंको ज्यान लिइसकेको छ । इन्स्टिच्युटका निर्देशक वांग यान्यीले उक्त जानकारी दिएको हो ।

अमेरिकी नेता लगायत विश्वका केही विज्ञहरुले कोरोना भाइरसको सुरुवाट वुहानवाट भएको दावी गरीरहेका छन् । यस भाइरसका कारण हाल सम्म ३ लाख ४७ हजार भन्दा धेरैको ज्यान लिइसकेको छ । यो भाइरस चमेरोबाट आएको रकुनै स्तनपायी जनावरका माध्यमबाट मानवमा फैलिएको बताइएको छ ।

यसबीच वुहान इन्स्टिच्युटका निर्देशक वांग यान्यीले चिनियाँ सन्चार माध्यम सीजीटीएनसँग भाइरस प्रयोगशालाबाट फैलिएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य ब्यक्तीहरुको दावी पुर्ण रुपमा मनगढन्त भएको बताए ।

उक्त अन्तरवार्ता मे १३ मा रिकर्ड गरिएको र यसको प्रशारण गत शनिबार भएको थियो । सेन्टरमा केही कोरोना भाइरसको पहिचान गरिएको वांगले बताए । हामीसँग जीवित भाइरुसको तीन स्ट्रेन छन् । तर सार्स कोव २ सँग यसको ७९ दशमलव ८ प्रतिशत समानता रहेको छ ।

अन्यलाई जस्तै हामीलाई पनि यस भाइरसको बारेमा जानकारी थिएन । दिसेम्बर अघि हाम्रो टोलीलाई थाहै थिएन कि यो भाइरस अस्तित्वमा छ । त्यसतोमा कसरी यहाँबाट चुहावट हुन सक्छ । उनीहरुसँग डिसेम्बर ३० मा यो भाइरसको नमुना आएको थियो ।

त्यसको जीनोम जनवरी २ मा निकालिएको थियो र जनवरी ११ मा डब्ल्युएचओलाइ यसको जानकारी दिइएको थियो ( वांगले बताए ।
राष्ट्रपति ट्रम्प र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले कयौं पटक कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजीसँग सम्बन्ध रहेको दावी गरिसकेका छन् । ट्रम्पले आफुसँग त्यसको प्रमाण पनि भएको दावी गर्दै यद्यपी उनलाई यस विषयमा बताउन स्विकृती नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्