नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्नसक्ने अनुमान



न्युज अफ नेपाल, काठमाडाैँ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजारसम्म पुग्नसक्ने अनुमान गरिएको नयाँ तथ्य आएको छ । यसअघि सरकारले १५ सयसम्म संक्रमितको संख्या पुग्नसक्ने अनुमान गरेको र सोहीअनुसारको तयारी गरेको बताइएको छ ।

तर हाल संक्रमितको संख्या करिब ७०० पुगेपछि सरकारले नयाँ प्रक्षेपण गर्दै सो अनुसारको तयारी गरेको बीबीसीमा रिपोर्ट छ । साथै कुल जनसङ्ख्याको २ प्रतिशत मानिसको परीक्षण गर्ने लक्ष्य राखेको छ । संक्रमितको संख्या २ हजार पुगेमा नयाँ प्रक्षेपण गर्ने बताइएको छ ।

हाल नेपालमा काेराेना संक्रमितकाे संख्या ६९९ पुगेकाे छ । ११२ जना निकाे भएर घर फर्किएका छन भने चार जनाकाे मृत्यु भएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्