सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, सुर्खेत ।
सुर्खेतमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । वीरेन्द्र नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिका १२ जनामा संक्रमण देखिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका ८ तथा भेरीगंगा र सिम्ताका दुई–दुईजना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका कोरोना सम्पर्क व्यक्ति डा. लक्ष्मी नारायण तिवारीले बताए ।

उनका अनुसार बबई र सुब्बा कुनानाका तथा खुल्ला मञ्चस्थित क्वारेन्टिनबाट संकलन गरिएका नमूना मध्ये १२ जनाको पोजेटिभ आएको हो ।

योसँगै सुर्खेतमा कुल संक्रमितको संख्या १५ पुगेको छ । यसअघि दैलेखका ८ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्