लागूऔषध कारोबारमा श्रीलंकाली क्रिकेटर गिरफ्तार



 कोलोम्बाे, एजेन्सी ।
श्रीलंकाली फास्ट बलर शेहान मदुशंका लागूऔषध कारोबारको अभियोगमा गिरफ्तारीमा परेका छन्। लागूऔषध सेवन र बोकेको आरोपमा शेहान पक्राउ परेको बताइएको छ ।
२५ बर्षीय शेहानलाई श्रीलंकाली प्रहरीले आईतबार सुरक्षा चेकजाँचको क्रममा खोजतलास गर्दा उनको साथबाट लागुऔषध फेला परेको थियो । लागूऔषध फेला परे लगत्तै उनलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेका थिए ।
पछि उनको स्वास्थ्य परिक्षणको क्रममा लागूऔषध सेवन गरेको समेत पाईएको थियो । उनको साथबाट दुई ग्राम हेरोईन प्राप्त भएको थियो । प्रहरीले उनलाई सोमबार अदालतमा पेश गरेको थियो ।
अदालतले उनलाई दुई साताका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । कोरोना भाईरसका कारण श्रीलंकामा लकडाउनको अवस्था रहेपनि शेहान आफ्नो एक जना साथीसँग पन्नाला सहरतर्फ गईरहेको अवस्थामा प्रहरीको चेकजाँचमा लागू औषध बरामद भएको थियो ।
शेहानको नाममा पहिलो अन्तराष्ट्रिय खेलमा ह्याट्रिक लिने किर्तिमान छ । शेहानले जनवरी २०१८ मा बंगलादेशबिरूद्ध वान डे डेब्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्