संक्रमण देखिए पनि आतकिंत बन्नु पर्दैन: गाउँपालिका प्रमुख गौतम



रविन घिमिरे, अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका ८ पालीमा रहेको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण भेटिएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ ।

भारतको बरौलीबाट पैदल आएका उनीहरू कमला माविको क्वारेन्टाइनमा थिए । उनिहरुलाई सन्धिखर्कमा रहेको आइसोलेसनमा राखिने पाणिनी गाउँपालिका प्रमुख अच्युत गौतमले नेपाल समाचार पत्रलाइ जानकारी दिनुभयो ।

भारतबाट आएका सबैलाइ वडाभित्र रहेका क्वारेन्टाइनमा राखिएको छ र उनीहरु सतर्क रहेको र कतै हिंड्डुल नगर्ने भएकाले सर्बसाधारणलाई आतंकित नहुन पनि उहाले आग्रह गर्नुभएको छ । क्वारेन्टाइनमा रहेका सबैको पिसिआर परिक्षणपछि रिपोर्ट नआउदासम्म क्वारेन्टाइनमै राखिनेछ ।

गौतमसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको टोलीले आवश्यक सुरक्षा सामग्री उपलब्ध गराइ गाउँपालिकाभित्रका सबै क्वारेन्टाइनको निरीक्षण गरेको छ ।

साथै सोमबार गौतमले क्वारेन्टाइनको निरीक्षण गरि त्यहा रहेका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिइ खाना, खाजाको उचित ब्यबस्था मिलाइदिन पनि आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्