उचाइमा बसेर प्रदर्शन !



सोल, (एजेन्सी) ।

झन्डै एक वर्षदेखि दक्षिण कोरियाका ६१ वर्षीय किम योङ ही राजधानी सोलको मध्य भागमा अवस्थित २० मिटर अग्लो ट्राफिक टावरमा बसोवास गर्दै आएका छन् । २५ वर्षपछि यसरी उचाइमा बसेर विरोध प्रदर्शन गर्ने उनी पहिलो व्यक्ति भएका छन् ।

उनी यसरी विश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनी सामसुङसँग कामदारको हक–हितका लागि संघर्ष गरिरहेका छन् । उनलाई २० वर्षअघि ट्रेड युनियन बनाउन खोजेको निहुँमा सो कम्पनीको जागिरबाट निकालिएको थियो ।

त्यस बेलादेखि नै उनले कम्पनीका कामदारहरूका अधिकार सुनिश्चत गर्ने मागसहित यसरी अनौठो तरिकाले प्रदर्शन गर्दै आएका छन् ।

यस सम्बन्धमा सामसुङ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘किमको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामी यसका लागि निरन्तर वार्तामा संलग्न छौं । यस परिस्थिति सिर्जना हुन पुगेकोमा क्षमायाचना गर्दै हामी चाँडै समस्या समाधान गर्ने वचन दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्