लकडाउनको कारण राष्ट्रपतिको क्षमायाचना



भियना,एजेन्सी ।

कोरोना भाइरस सम्बन्धी लकडाउन कार्यान्वयन हुने समय शुरु भइसक्दा पनि एउटा रेस्टुरेन्टमा बसिरहेका कारण अष्ट्रियाका राष्ट्रपति अलेक्जान्दर भान डेर बेल्लेनले क्षमा याचना गरेका छन् ।

उनी आइतवार मध्यरात पछि पनि राजधानी भियनाको एटा रेस्टेरेन्टमा रमाएर बसिरहेका थिए । ७६ वर्षिय भान डेरले सो इटिालियन रेस्टुरेन्टमा सार्थीहरुसंग कुरा गरी बस्दा लकडाउनको समय नै भुल्न पुगेका थिए ।

इटालीको अनुसरण गर्दै राष्ट्रव्यापि कडा लकडाउन नीति अपनाउने अष्ट्रिया पहिलो युरोपेली मुलुक हो । साथै रेस्टुरेन्टहरुमा लकडाउन खुकुलो गर्ने पनि अष्ट्रिय नै पहिलो युरोपेली राष्ट्र हो ।

उनले टिवटर मार्फत दुईजना साथी र आफ्नी पत्नी सहित रेस्टुरेन्टमा समय बिताइरहँदा समय बितेको पत्तै नभएकाले भूल स्विकार गर्दै क्षमायाचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्