बमबारीमा पनि नमर्ने हिटलरको गोहीको मृत्यु



मस्को,एजेन्सी ।

जर्मनीको वर्लिनमा दोश्रो विश्व युद्धको दौरान भएको बमबारीमा समेत बच्न सफल तथा त्यतिवेलाको नाजी नेता
एडोल्फ हिटलरको स्वामित्वमा पनि रहेको हल्ला चलेको गोहीको रसियाको मस्को चिडियाघरमा मृत्यु भएको छ ।

शनिवार बिहान स्याटर्न नामक त्यो मिस्सिीस्सिप्पी गोहीको ८४ वर्षको उमेरमा बुढ्यौलीकै कारण मृत्यु भएको चिडियाघरले जनाएको छ । संयुक्त राज्य अमेरिकामा जन्मेका स्याटर्नलाई सन् १९३६ मा वर्लिन चिडियाघरलाई उपहार स्वरुप प्रदान गरिएको थियो ।

सन् १९४३ मा युद्धकै क्रममा वर्लिन चिडियाघरमा बमबारी हुँदा यो गोही बचन सफल भएको थियो । त्यसको तीन वर्षपछि स्याटर्न वेलायती फौजको हातमा प¥यो । वेलायती फौजले यसलाई तत्कालिन सोभियत संघलाई दिएको थियो । स्याटर्नले लगातार ७४ वर्ष मस्को चिडियाघरमा बिताएको थियो ।

प्रतिक्रिया दिनुहोस्