उचाईमा बसेर प्रदर्शन !



सोल,एजेन्सी ।

झण्डै एक वर्षदेखि दक्षिण कोरियाका ६१ वर्षिय किम योंग हि राजधानी सोलको मध्य भागमा अवस्थित २० मिटर अग्लो ट्राफिक टावरमा वसोवास गर्दै आएका छन् । २५ वर्षपछि यसरी उचाइमा बसेर विरोध प्रर्दशन गर्ने उनी पहिलो व्यक्ति भएका छन् ।

उनी यसरी विश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनी स्यामसुंगका कामदारहरुको हक हितका लागि संघर्ष गरि रहेका छन् । उनी आफ्नो कहानी बताउँछन् , ‘ मलाइ ृझण्डै २० वर्ष अघि ट्रेड युनियन बनाउन खोजेको निहुँमा यस कम्पनीको जागिरबाट निकालिएको थियो ।

त्यसबेला देखि नै मैले कम्पनीका कामदारहरुका अधिकार सुनिश्चत गर्ने माग सहित यसरी अनौठो तरिकाले प्रदहर्शन गदै आएको छुँ ।

यस सम्बन्धमा सामसुंग कम्पनीले जाररी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ किमको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामी यसका लागि निरन्तर वार्तामा संलग्न छौं । यस परिरिस्थीती सिर्जना हुन पुगेको क्षमायाचना गर्दैहामी चाँडै समस्या समाधान गर्ने बचन दिन्छौं । ’

प्रतिक्रिया दिनुहोस्