भारतलाई गीतमार्फत जवाफ



लिपुलेक–कालापानीको सन्दर्भलाई लिएर एउटा गतिलो गीत तयार पारिएको छ। जसमा राजनीतिज्ञदेखि कलाकार र खेलाडीसम्मले भन्छन् जित्छौं हामी।

मेन मिडियाको प्रस्तुतिमा गायक विनोद बानियाको स्वरमा सन्देशमूलक गीत जित्छौं हामी तयार पारिएको हो। यसको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।गीतको भिडियोमार्फत नेपालका राजनीतिज्ञ, कलाकार र खेलाडीहरूले नेपालीसँग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई जित्न सक्ने सन्देश दिएका छन्।

भिडियोमा पूर्वप्रधामन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गायिका तथा सांसद कोमल वली, नेपाली फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङ, रंगकर्मी अनुप बराल, नायक राजबल्लभ कोइराला, नायिकाद्वय दिया मास्के,सिपोरा गुरुङ,महिला फुटबल खेलाडी सावित्रा भण्डारी, कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, निराजन प्रधानलगायत चर्चित व्यक्तित्वहरूलाई फिचरिङ गरिएको छ।

गीत सञ्चारकर्मी सन्जोक बस्यालले लेखेका हुन्। श्यामसुङ तामाङले एरेन्ज गरेका गीतमा संगीत गायक बानियाकै रहेको छ। भिडियो विनोद पोखरेल, श्रीधर पौडेल,मिलन शंकर, सविन गायक, कमल प्रसाईं र विवेक बस्यालले खिचेका छन्। ड्रोन छायांकन कमल प्रसार्इं र सुरज श्रेष्ठको रहेको भिडियोको सम्पादन साहिल खान र विज्ञान राईले गरेका हुन्। भिडियो सन्जोक र विजय बस्यालले निर्देशन गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्