हाम्रो जमिन हामीलाई फिर्ता होस्: तैयब शाह



देश अहिले अति नै कठिन परिस्थितिसँग गुज्रिरहेको कुरा त हामी समस्त नेपालीमा सर्वविदितै छ। हामी कोभिड–१९ को कारण लकडाउनमा बसेको पनि अब दुई महिना भई सक्यो। यस्तो परिस्थितिमा हाम्रो एक महिने लामो रमजान सकिएर इद पनि आएको छ।
इद हाम्रो प्रमुख चाड हो। यो चाड हामीले मस्जिदमा जम्मा भई एक आपसमा शुभकामना आदान प्रदान गर्न सक्ने वातावरण नभएको कारण सदाझंै रमजान र इद हर्षोलासमय र तामझामका साथ मनाउन नसके पनि हामीले आआप्mनो घरमा नै रहेर स्वच्छ मन र पवित्र हृदयले व्रत बसी आफू र आप्mनो देशका लागि प्राथाना ग¥यौं भन्ने कुरामा म विश्वस्त छु। देशमा एकपछि अर्काे गर्दै समस्याहरू थपिँदै आएका छन्।कोभिड–१९ को समस्या निर्मूल नहुँदै सिमानाको विवादले हामीलाई दुःखी बनाएको छ। हामी नेपाली परापूर्व कालदेखि नै अर्काको अधीनमा बसेको इतिहासमा छैन र कोर्न पनि दिनुहुँदैन। हामीसदैव स्वाभिमानी छौं। फलस्वरूप अरू देशले जस्तो हामीले स्वतन्त्रता दिवस मनाउनुपरेको छैन किनकि हामी सधैं स्वतन्त्र छौं। नेपाल आमाको रक्षाका लागि हामी सम्पूर्ण नेपालीले एकसाथ सहयात्रा गर्नुपर्छ। सरकारका नराम्रा कामलाई खबरदारी गर्नुका साथसाथै राम्रा स्वागतयोग्य कामलाई प्रशंसा गरी हातेमालो गर्दै अघि बढ्नुपर्छ। हामीले जात, धर्म र लंैगिक कुराहरू झिकेर हाम्रो भाइचारामा खलल ल्याउनु पनि हँुदैन। हामी हिन्दू, मुस्लिम, बुद्धिस्ट, इसाईभन्दा पनि पहिला एक सच्चा नेपाली हुन जरुरी छ। पुरानो शब्दमा चार जात छत्तीस वर्णको साझा फूलबारी र नयाँ शब्दमासयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने कुरालाई हामीले शिरोपर गर्न सक्यौं भने मात्र देशमा शान्ति र अमनचयन कायम रहिरहनेछ।
यसो भए कुनै पनि बाह्य शक्तिले हस्तक्षेप गर्न सक्ने छैनन् भन्ने मेरो बुझाइ हो। फेरि एकपटक इदको शुभकामना दिँदै हाम्रो सिमानामा मिचिएको जमिन हामीलाई फिर्ता होस्। यसका लागि हामी छिमेकीसँग कुनै पनि प्रकारको जंग लड्नु नपरोस् हामीलाई अनाहकमा यसरी हाम्रो जन्मभूमिमाथिको थिचोमिचो सह्य हुनै छैन।

 

 

 

प्रतिक्रिया दिनुहोस्