बोरुसिया डर्टमन्डको बायर्न म्युनिखमाथि दबाव



लन्डन, एजेन्सी ।

बोरुसिया डर्टमन्डले बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखमाथि दवाव जारी राखेको छ । शनिबार भएको खेलमा बोरुसिया डर्टमन्डले वोल्फ्सबर्गमाथि २–० को जित निकालेको छ ।

आजको जितमा टोलीका लागि गुएरेइरोले ३२औं मिनेटमा र ७८औं मिनेटमा आचरफ हाकीमीले गोल गरेका हुन् । यो जितसँगैं बोरुसिया डर्टमन्डले २७ खेलबाट ५७ अंक जोडेको छ । एक अंकले अगाडि रहेको बायर्न म्युनिखले आजै फ्रेन्कफर्टसँग खेल्दैछ ।

कोरोनाभाइरसको महामारी दौरान पुन संचालन हुनेमा जर्मन बुन्डेसलिगा पहिलो युरोपेली प्रमुख लिग हो । जर्मन लिग संचालन भएपछि युरोपका अन्य प्रमुख लिग पनि संचालनमा आउन लागेको छ । स्पेनी ला लिगा ८ जुनदेखि शुरु गर्ने तय भएको छ भने प्रिमियर लिग जुनमा संचालन गर्न तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्