स्वास्थ्य प्रणाली नै ध्वस्त



साना,एजेन्सी ।

युद्धग्रस्त यमनको अहिले स्वास्थ स्याहार प्रणाली धराशायी भएको तथा अहिले त्यहाँ अनियन्त्रित रुपमा कोभिड १९ फैलिरहेको शनिवार संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघको मानविय माामिला समन्वय कर्यालयका प्रवक्ता जेन्स लाएर्केले यमनको वर्तमान स्थिती अत्यन्त ैनाजुक रहेको प्रतिक्रिया दिएका छन् । उनले अस्पतालका कर्मचारीहरुसंग प्तिरोधात्मक उपकरणको कमि रहेका कारण उपचारका लागि पुगेका मानिसहरुलाई फर्काइँदै गरेको पनि बताएका छन् ।

यमनी सरकारी सुत्रले संक्रमतको संख्या तव्रि रुपमा बढिरहेको तथा तीसजनाको जयन गइसकेको बताएको छ । तर संयुक्त राष्ट्र संघले भने वास्तविक तथ्याँक त्यो भन्दा बढि हुनुपर्ने दावी गरेको छ । वर्षाैंदेखि गृह युद्धमा फसेको यमनका अपतालहरुमा भेन्टिलेटको पनि कमि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्