आफ्नै बुबामाथि छुरा प्रहार



वासिंगटन, एजेन्सी ।

अमेरिकाको न्युयोर्कमा अन्य बिसजनासंग जुम भिडियो च्याट गर्ने क्रममा एक छोराले आफ्ना ७२ वर्षिय पितालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । ड्वाइट पावर्स नामक वृद्धको हत्या पछि ३२ वर्षिय पुत्र थोमस स्कल्ली पावर्स झ्यालबाट हाम फालेर लंग आइलन्डको एमिटिभिल्ले गाउँ तर्फ भागेको बताइएको छ ।

च्याट गेस्टहरुले नै प्हरीलाइ घटनाबारे जानकारी दिएपछि उनलाई एक घन्टा पछि गिरफतार गरिएको थियो । आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन ।

सामान्य घाइते भएका वृद्ध अस्पतालबाट डिस्चार्ज भएपछि घटनाको विस्तृत विवरण सार्वजनिक हुने प्रहरीले बताएको छ । च्याट कुन विषयमा भइरहेको पनि बुझिएको छैन।

प्रतिक्रिया दिनुहोस्