चर्चमा मुस्लिमहरुको भेला !



वर्लिन,एजेन्सी ।

जर्मनीको वर्लिन शहर स्थित एउटा चर्चले आफ्ना ढोकाहरु प्रार्थना गर्न चाहने मुश्लिम भक्तजनहरुका लागि खुल्ला गरेको छ । कोभिड १९ को कारण नयाँ सामाजिक दूरी कायम राख्नुपर्ने नियमका कारण मस्जिद सम्म जान नसक्ने मुश्लिमहरुका लागि चर्चले ऐतिहासिक सहयोगको हात बढाएको हो ।

गत ४ मे देखि जर्मनीले धार्मिक सेवाहरु पुन शुरु गर्ने अनुमति दिएको थियो । तर भक्तजनहरुले अनिवार्य रुपमा आपसमा १ दशमलव ५ मिटर दूरी कायम राख्नु शर्त राखिएको थियो ।

जसको कारण वर्लिन शहरको नेउकोल्न जिल्लामा रहेको दार अस्लाम मस्जिदमा थोरै मुश्लिमले मात्र प्रार्थन गर्न पाउने संभावना भएको हो । त्यसेले क्रेउजवर्ग स्थित मर्था लुथरन चर्चले रमजानको क्रममा शुक्रवार प्रार्थना गर्न इच्छुकहरुलाई स्थान उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्