लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालमा नयाँ नेतृत्व चयन,गभर्नरमा रोका र लियो जिल्ला परिषदमा भट्टराई



टंकराज अधिकारी,पोखरा ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिमका कारण मुलुकभर लकडाउन भएको अवस्थामा डिष्ट्रिक्टले जुम प्रविधि मार्फत लायन बर्ष २०२०÷२१ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा मनबहादुर रोका, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य र द्वितीय भाइस गभर्नर पदमा भने महेन्द्र पौडेललाई सर्वसम्मत निर्वाचित गरेको हो ।

बिगत केहि बर्षदेखि द्वितीय भाईस गर्भनर पदका लागि निर्वाचन हुने गरेकोमा यसबर्ष कोरोना भाईरस कोभिड–१९ कारण लायन्स ३२५ बी१ को बिवाद साम्य भएको छ । द्वितीय भाईस गर्भनर पदका निर्वाचनका कारण लायन्सहरु बिचमा देखा परेको निराशालाई थामथुम पनि पारिएको छ । डिष्ट्रिक्टमा रहेका कुल ४ सय ७७ क्लबका ९ सय ३४ जना भोटर हुनुपर्नेमा ४११ क्लब मात्र भोटिङका लागि योग्य रहेका थिए । निर्धारित समयमा ३ सय ३२ क्लबले मात्र क्रेडिन्सीयल फर्म बुभाmाएको हुदाँ यस महाधिबेशनका लागि ८ सय प्रतिनिधिले मात्र भोट दिन पाउने ब्यवस्था मिलाईएको थियो ।

प्रतिनिधिका लागि छुट्टै भाईवर ग्रुप बनाएर निर्वाचनमा सहभागी गराई निर्वाचन सम्पन्न गरिएको निर्वाचन अधिकृत एवं पूर्व डिष्ट्रिक्ट गर्भनर योगेन्द्र प्रधानले जानकारी दिनु भयो । उहाँका अनुसार गर्भनरका तिनवटै पदमा शब्द भोटबाट शत प्रतिशत एस ट भोप्राप्त भएको छ ।

नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर रोकाले क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको लागि केहि पदमा मनोनयन समेत गर्र्नु भएको छ । उहाँले क्याविनेट सेक्रेटरीमा सूर्य के सी, ट्रेजररमा उदयकुमार नेपाल, चिफ एडभाइजरमा मनीश्री रत्न बज्राचार्य, पिआरओ इन चिफमा राम बसेल र डिष्ट्रिक्ट एडमिनिटे«टरमा बासुदेव आचार्यलाई मनोनयन गर्नु भएको छ । यसै गरी को–चिफ एड्भाईजरमा बसन्त कुमार कर्माचार्य, भिमलाल पौडेल, बिनोद ढुंगाना, बिष्णु लम्साल, चण्डी प्रसाद अर्याल, चन्द्रकुमार के सी, धुर्वबहादुर श्रेष्ठ, राजेन्द्र बाटाजु, रामचन्द्र पोख्रेल, सुचीत्रा थापा र सुमन भट्टलाई मनोनयन गर्नु भएको छ ।

नवनिर्वा्चित गभर्नर रोकाले सबैको साथ र सहयोगबाट लायन वर्ष २०२०/२१ लाई उत्कृष्ट बनाउने प्रतिबद्धता रहेको छ भने प्रथम र द्वितीय भाइस गभर्नर आचार्य र पौडेलले गर्भनरलाई सफल बनाउन हरतरहले लाग्ने बताउनु भयो । यसै गरी लियो डिष्ट्रिक ३२५ बी १ नेपालको आठौं महाधिबेशनबाट लियो जिल्ला परिषदको अध्यक्षमा आर्दशमोहन भट्टराई र जिल्ला परिषद उपाध्यक्षमा प्रकाश थापा निर्वाचित हुनुभएको लियो निर्वाचन संयोजक निवर्तमान डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठले जानकारी दिनु भयो ।
..
शनिवार भर्चुअल माध्यमबाटै परेवा उडाएर महाधिबेशनको उद्घाटन गर्दै लायन्सका पूर्व अन्र्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतानले नेपालका लायन्सहरुले विश्व नै चकित हुने गरी काम गरेको हुदाँ बिश्वका लायन्स क्लबहरुको ध्यान नेपालमा केन्द्रित भएको बताउदै नेपालका लायन्सले गरेको कार्यहरु उत्कृष्ठ र उदारणीय रहेको र आगामी दिनमा पनि अझै सकृय रुपमा लाग्न आग्रह गर्नु भएको थियो ।

विश्वमा नै उष्कृष्ट रहेको नेपाली लायन्सहरुले देखाएको मानविय सेवाका कार्यबाट अन्र्तराष्ट्रिय लायन्सको ध्यान नेपालप्रति आर्कर्षित भएको बताउनु भएको थियो ।
कार्यक्रममा एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक्टमा आएको अभुतपूर्ण एकताप्रति लक्षित गर्दै “तोड्न र भत्काउन जस्ले नि जानेको हुन्छ, जस्ले जोड्न र सपार्न सक्छ त्यो नै सफल नेतृत्व हो” त्यो गुण डिष्ट्रिक्ट गर्भनर ईन्दु लम्सालमा रहेकोमा गर्व महशुष गर्दै आफैले सुरु गर्नु भएको आफैले अन्त गर्नु भयो । मानविय सेवाका लागि नेपालीहरुको मन अत्यन्तै ठुलो रहेको बताउदै नेपाली लायन्सले समाजमा खेलेको भुमिका सहनिय रहेको बताउनु भयो ।

अध्यक्षताको आसनबाट बोल्दै डिष्ट्रिक्ट गर्भनर ईन्दु लम्सालले अत्यन्तै उत्साह र जाँगरका साथ काम गरिरहेको अवस्थामा कोरोना भाईरसले विकराल रुप लियो, सब्य र भब्य कार्यक्रमको आयोजना गरी महाधिबेशन गर्ने सोच सम्भव नभएकोमा दुःख मनाउ गर्नु भएको थियो । उहाँले यसबर्षको नारा राईज टु ईम्पावर रहेको स्मरण गराउदै अवसरबाट बञ्चित बेरोगगार महिला तथा युवाको शिप सिकाईलाई प्राथामिकतामा राखी सामाजिक कार्यहरु सम्पादन गरी १० महिनाको अवधिमा उल्लेख्य कार्य गर्न सफल भएको बताउनु भयो ।

उहाँले बिगत केहि बर्षदेखि द्धित्तिय भाईस गर्भनर पदका लागि डिष्ट्रिक्टमा हुने गरेको निर्वाचनको कारण लायन्सहरु बिचमा देखा परेको निराशालाई अभुतपूर्ण ढंगले सम्बोधन र निकास दिन सफल भएकोमा अत्यन्तै खुशी भएको बताउनु भयो । उहाँले लायन्स अन्र्तराष्ट्रियबाट प्राप्त सर्वोकृष्ट अवार्ड एम्बेसडर अफ गुडवीलबाट सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै सो को श्रेय सम्पूर्ण लायन्स सदस्यहरुलाई दिदै डिष्ट्रिक्टका अग्रज लायन्स लिडरहरुको सहयोग र साथ, क्याविनेट टिम लगाएत सम्पूर्ण लायन सदस्यको योगदानका साथै टीमवर्कले नै संभव भयो र डिष्ट्रिक्टको नेतृत्व मैले गरिरहदाँ यो सफलता प्राप्त गर्नुमा म आफुलाई भाग्यमानी सम्झेको छु ।

महाधिबेशनमा पुर्व गर्भनरहरु राजन लम्साल, धनराज आचार्य, ध्रुव बहादुर थापा, दिपक श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, गिरधारी शर्मा, भुगोल शेरचन, योगेन्द्र प्रधान, गौतममान श्रेष्ठ क्याविनेट सेक्रेटरी बिनोद ढुंगाना, नव निर्वाचित चिफ एड्भाईजर मणीश्री रत्न बज्राचार्य लगाएतले नेपालमा लायन्सले पुर्याएको योगदानको बिषयमा चर्चा गदै लायन्स नेतृत्वको सुझबुझबाट डिष्ट्रिक्टमा रहेको आपसी मनमुटाव अन्त गर्न सफल भएको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्