प्रदेश ५ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत : स्वदेशी श्रम स्वदेशमा पसिना कार्यक्रम संचालन गरिने

कोरोना नियन्त्रणपछि मात्र प्रदेशको नाम र स्थायी राजधानी



यमलाल भुसाल,बुटवल ।

प्रदेश ५ को सरकारद्धारा प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशको छैठा अधिवेशनको दोस्रोबैठकमा विश्वर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेश ५ को स्थायी राजधानी र नामाकरण टुंगो लगाइने प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले बताउनु भयो ।

उहाँले शनिवार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दा उक्त कुरा बताउनु भएको हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लगाइने बताउनु भयो ।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण गरिने बताउनु भयो ।
नीति तथा कार्यक्रममा अर्काे बर्ष चरंगे पाल्पा दोभान सडकमा सवारी गुडाइने जनाइएको छ । प्रदेशभरका सबै नागरिकलाइ बिजुली पुर्याउदै ३ बर्ष्भित्र उज्यालो प्रदेश बनाइने जनाइएको छ ।

प्रदेश न. ५ सरकारले कोरोना महामारीले निम्त्याएको असरलाई पुर्नउत्थान गर्ने गरि कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रमले कोरोनाको असर कम गर्नका लागि कृषिलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको छ ।

कोरोना संक्रमणको कहर अनुमान गर्न नसकिने भन्दै सहज स्थिती हुनासाथ प्रदेशको तिव्र आर्थिक विकास गर्ने गरि सरकारले कामहरु अघि बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अत्यावश्यक वाहेक अन्य विकास निर्माणका नयाँ योजना भने यो वर्ष थपिएको छैन ।नियमित आम्दानी हुने र नाफामूलूक क्षेत्रमा लगानी गरिने उल्लेख छ । स्वदेशी श्रम स्वदेशमै पसिना कृषिको उत्पादन बृद्धिको लक्ष्य निति तथा कार्यक्रमले लिएको छ । कृषि उपात्कत्व र किसानको आयमा बृद्धि गर्ने गरि स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने उल्ल्ेख छ ।

गरौ व्यवसायिक कृषि, यसबाट शुरु हुन्छ प्रदेशको समृद्धि भन्ने नाराका साथ कृषि मार्फत रोजगारी सृजना गर्ने निति लिएको छ । रुकुमलाई अर्गा्निक जिल्ला घोषणा गरिने कार्यक्रम सरकारले बनाएको छ । कृषि पेशालाई सम्मानजनक बनाउन किसान सम्मान गरिने छ । पूर्णकालिन किसानको पहिचान गरि परिचपय पत्र दिएर सहुलियत दिईने प्रदेश प्रमुख यादवले उल्लेख गर्नु भएको छ ।

पशु स्वास्थ्यको संरक्षण र सम्बर्धन, पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने छ । बृहत्तर पर्यटन प्रवद्र्धन गर्दै लुम्बिनी र यसँसग जोडिएका क्षेत्रहरुको विकास गरिने छ । कृषि वन कार्यक्रम सञ्चालन, निकुञ्ज र वन क्षेत्रमा थुप्रिएको खनिजको प्रयोग गर्ने, स्थानीय तह पहुच मार्गलाई बहु आयोजनाका रुपमा अगाडि बढाउने निति तथा कार्यक्रमले लिएको छ ।

सिद्धार्थ सडकखण्डको सिद्धबाबाको बैकल्पिक सडकका रुपमा हेरिएको चरङ्गे झुम्सा सडकमा अर्को वर्षसम्म गाडी सञ्चालन गरिने उल्लेख गरिएको छ ।सडक पूर्वाधार, मर्मत सम्मार गर्ने , प्रदेशभित्र बैज्ञानिक व्यवस्थापन गरिने छ । महिला बालबालिका, एकल महिला, जेष्ठ नागरिक, लक्षित कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख यादवले उल्लेख गरेका छन ।

अपाङगाता ग्राम, आर्थिक तथा सामाजिक सशक्तिकरणको नीति लिइनेछ ।बालविवाहमुक्त, छुवाछुतमुक्त प्रदेश बनाउने कार्यक्रम सञ्चालन गरिने छ । विकासमैत्री सरकार, सञ्चारमैत्री सरकार बनाउँदै पत्रकार र सम्बन्ध सञ्चारमाध्यमको विकासमा लाग्ने नीति सरकारले लिएको छ ।

जिल्ला अस्पतालमा पनि अब दन्त र फिजीयो थेरापी हुने र सवै जिल्लाका अस्पाताललाई ५० बेड बनाईने नीति तथा कार्यक्रममा रहेको छ ।त्यसैगरि प्रदेशको शान्ति सुरक्षालाई सवल वनाउन नयाँ प्रहरी ईाईो स्थापना, प्रदेश प्रहरी अनुसन्धान ब्युरो संचालन गरिने भएको छ । जनतासंग प्रदेश सरकार कार्यक्रम , जिल्ला समन्वय समितिलाई समन्वयर अनुगमनमा प्रभावारी बनाईने भएको छ ।

लमहीमा टर्मा सेन्टर बनाईने भएको छ । बुटवल भैरहवा तथा तुल्सीपुर कोहलपुर विद्यतिय बस संचालन गरिने भएको छ । एक स्थानिय तह ए नमुना विद्यालय । तराईा ६ जिल्लामा मुस्लीम नमुना विद्यायल बनाईने छ । प्रदेशमा प्रशोधन उद्योको स्थापना , सार्वजनि खर्चमा मितव्ययीता लगायतका कार्यक्रम रहेका छन ।प्रदेश ५ का सबै काठका विजुलिका पोल हटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्