मनमोहन कार्डियो थोरासिकका कोरोना संक्रमितलाई गणेशमानमा सारियो, मुटु सेवा स्थगित



भगवती तिमल्सिना,काठमाडौं ।

मनमोनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एकजना हेटौडाकी मुटुरोगीमा कोरोना संक्रमण प्रमाणित भएपछि संक्रमित बिरामीलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसन सेन्टरमा सारिसकेको छ ।उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका डाक्टर नर्स तथा अन्य कर्मचारीहरुलाई ट्रेसिङ गरि क्वारेन्टिनमा राख्ने तयारी भैरहेको अस्पतालले जनाएको छ ।

मुटुरोगको उपचारका लागि ६ दिन अघि मनमोहन कार्डियोमा भर्ना भएकी हेटौँडा ४ हुप्र मकवानपुर स्थायी घर भएकी ५४ बर्षीया महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो ।उहाँलाई हेटौडामा अस्पतालमा उपचार नभएपछि गंगालाल हृदय केन्द्रमा रिफर गरिएको र गंगालालले मनमोहन कार्डियोमा रिफर गरिएको बुझिएको छ ।

संक्रमित महिलाको शुक्रवार कोरोना पोजेटिभ प्रमाणित भएको थियो । यतिबेला मनमोहन कार्डियोथेरासिकका विशेषज्ञ लगायत धेरै स्वास्थ्यकर्मीहरु संक्रमित महिलाको कन्ट्रयाकमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुगेकालेले हाललाई मुटुरोग सेवा स्थगित गरिएको अस्पतालले जनाएको छ । कन्ट्रयाक ट्रेसिङ गरि सबैको परिक्षण रिपोर्ट नआएसम्म सेन्टरले मुटुरोगको ओपिडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने निर्णयमा पुगेको अस्पतालका एक उच्च अधिकारीले जानकारी गराए ।

अहिले सम्म कन्ट्रयाक ट्रेसिङमा झण्डै ३५ जना आईसकेका र थपिने क्रम जारी रहेकोकाले कुल संख्या यकिन भैनसकेको बुझिएको छ
संक्रमित महिला राखिएकै सीसीयू कक्षमा उपचार गराईरहेका अन्य ६ जना बिरामीहरुलाई पनि त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनको कोभिड क्वारेन्टाइनमा सार्ने योजना सहित छलफल भैरहेको अस्पतालका एक चिकित्सकले जनाएका छन् ।

मनमोहन कार्डियोका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई भने कार्डियो थोरासिककै माथिल्लो तल्लामा र त्रिवि शिक्षण अस्पताल खाली ठाउँ या कुनै सुरक्षित ठाउँमा रहेका होटलको खोजी कार्य शुरु भएकोे स्रोतले जनाएकोछ । ट्रेसिङमा ठूलो संख्या हुनेभएकाले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुरुप पालना गर्दै दुरी कायम गरेर बस्न ठूलो ठाउँको आवश्यकता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्