पूर्वयुवराज पारस चढेको गाडी दुर्घटना,चालक प्रहरी नियन्त्रणमा



न्युज अफ नेपाल,काठमाडौं ।

पूर्वयुवराज पारस शाहलाई शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ । शुक्रबार मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । उनी चढेको गाडीले पोखरा पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएको थियो ।

पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको हो । गाडीको ठक्करपछि घटनास्थलमै गोरुको मृत्यु भएको छ । उनलाई छात्तीमा समस्या आएपछि मध्यरातमा गण्डकी अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटनापछि चालक अशोक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही दिनअघि उनले पोखराका जलारी समुदायलाई राहत वितरणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्