स्वास्थ्यकर्मीको नमूना स्वाब पोखरा पठाइयो



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीका दुई महिला स्वास्थ्यकर्मीमा आरडिटी पोजेटिभ देखिए पछि थप परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव चापागाईका अनुसार आरडिटी देखिएका सहित १६ स्वास्थ्यकर्मीको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको हो ।

यसै वीच चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रबाट शुक्रकार भरतपुर पठाईएका ६ ओटा स्वाव परीक्षणको नतिजा भने शनिबार साझ सम्म आईपुग्ने कार्यालय प्रमुख चापागाईले बताउनु भयो ।

स्वास्थ्य केन्द्रको आईसोलेसनमा रहेका विरामीमा कोरोना पोजेटिभ देखिए पछि मध्यविन्दुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा हाललाई बन्द गएिको छ ।

प्रतिक्रिया दिनुहोस्