नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं।

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार देशभरका बिभिन्न जिल्लाहरुमा थप ६८ जना संक्रमित भेटिएका हुन् ।शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए । यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्