नेपाल र इजरायलका चेम्बर अफ कमर्सबीच सम्झौता



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल इजरायल चेम्बर अफ कर्मस एन्ड इन्डष्ट्रिज (एनआईसिसिआई) र इजरायल एसीया चेम्बर अफ कर्मस (आएसीसी)बीच सहकार्यका लागि सम्झौता भएको छ ।सम्झौतामा एनआईसीसीआइको तर्फबाट अध्यक्ष शिशिर भट्ट र आईएनसीसी तर्पmबाट उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन् ।

इजरायल एसीया चेम्बर अफ कर्मस अन्तर्गत इजरायल नेपाल चेम्बर अफ कर्मसको अध्यक्षता अनात बर्नस्टेन रेचले गनु हुनेछ। एनआईसीसीआई र आईएसीसी बिच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायतका विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो ।

इजरायल स्थित नेपाली राजदुत डा.अन्जान शाक्यको समन्वयमा सो सम्झौता भएको हो । सो अवसरमा राजदुत शाक्यले दुई संस्था बिच सम्पन्न सम्झौताका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आर्थिक विकासका सहकार्य गर्न अझ सहज भएको बताईन । सो अवसरमा राजदुत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तिकरणमा काम गर्नु पर्ने कुरामा समेत जोड दिईन्।

सो अवसरमा र्भचुवल सम्बाद गदै नेपाल इजरायल चेम्बर अफ कर्मसका अध्यक्ष शिशिर भट्टले नेपाल र इजरायल बिच ६० वर्ष अघि शुरु भएको कुटनितिक सम्बन्धको स्मरण गदै यो सम्झौताले दुई देशको बिच ब्यापारिक तवरमा यातायात, कृषि, पुर्वाधार, जलबिद्युत, शिक्षा लगायतका क्षेत्रमा द्विपक्षिय सहयोग आदान प्रदान प्रदान हुने बताए ।

अध्यक्ष भट्टले वर्तमान अवस्थामा इजरायत नवप्रवर्तक राष्ट्रको रुपमा परिचित भएकाले कोभिड १९ को संक्रमणलाई सजिलै बयबसथापन गर्ने विश्वस्त रहेको समेत बताए । इजरायलले नेपालको कृर्षि क्षेत्रको विकास र आधुनिकिकरणमा सहयोग गरेको बताउदै नेपालले पनि कृर्षि क्षेत्रलाई पुर्ण आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्वमा बिशेष ध्यान दिएर अघि बढनुपने बताए ।

अध्यक्ष भट्टले नेपालको विविध प्रकारको मौसम अनुकुलताका कारण कृर्षि उत्पादनको राम्रो सम्भावना रहेको जनाउदै इजरायलका कम्पनीसँगको सहकार्यमा यहाँ उत्पादन भएको कृर्षि उपजलाई विश्वबजारमा पु¥याउन सकिने बताए । सो अवसरमा इजरायल एशिया चेम्बर अफ कर्मसका अध्यक्ष माथन भिलनाइले दुई संस्था बिच भएको सम्झौताले एक अर्काको सहयोगका लागि महत्वपुर्ण भुमिका खेल्ने बताए । इजायल नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष अनात बर्नस्टेन रेचले नेपालको बित्तिय क्षेत्रमा सहकार्य गर्न पाएकोमा खशी व्याक्त गदै आफनो तर्पmबाट आश्वयक सहयोग गर्ने बताए ।

सो अवसरमा नेपालका लागि इजरायली राजदुत बेनी ओमेरले २ संस्था बिच भएको सम्झौतामा खुशी व्याक्त गदै नेपाल र इजरायलको आर्थिक विकासमा थप सहयोग आदान प्रदान हुने बताए । नेपाली टोली केही महिना अघि सम्झौतामा हस्ताक्षर गर्न इजरायल जानु पर्ने तालिका भएपनि कोरोना संकटका कारण जान सकेको थिएन ।

राजदुत शाक्यलाई ‘एम्बेस्डर अफ इयर सम्मान

एम्बेसेडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेल अबिब स्थित नेपाली राजदुत अञ्जन शाक्यलाई ‘एम्बेस्डर अफ इयर २०१९–२०२० सम्मान गरेको छ ।

इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो । एम्बेसेडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले सम्मान गने जनाएको छ ।

सो सम्मानका क्रममा अन्य तिन बिधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ। सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो । उक्त अवार्डबाट सम्मानित हुने डा। शाक्य एशियाकै पहिलो राजदुत हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्