विपद कोषको हिसाब सार्वजनिक



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका विपद ब्यवस्थापन समितिले राहत कोषको हर हिसाव सार्वजनिक गरेको छ ।कोरोना रोकथाम तथा नियन्त्रण प्रयासका लागि ब्यक्ति, संघ संस्थाहरुबाट प्राप्त सहयोगको हरहिसाव उपमेयर प्रेमशंकर मर्दनियाले सार्वजनिक गर्नु भएको हो ।

विपद समितिका संयोजक उपमेयर मर्दनियाले हाल सम्म राहतकोषमा जिन्सी र नगद गरी ७८ लाख ९३ हजार ६ सय २५ प्राप्त भएको बताउनु भयो ।मर्दनियाले सहयोगी हातहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको बताउदै वडागत विपन्न परिवार राहत सहित अन्य शीर्षकमा जेठको पहिलो साता सम्म ३९ लाख २० हजार ६ सय ४५ खर्च भएको बताउनु भयो ।

नगर विपद समितिले पहिलो चरणमा छुटेका अति विपन्न परिवार तथा असक्त असहाय संघ संस्थालाई पनि राहत वितरण गरेको जनाएको छ । विपद समितिले नगर क्षेत्रमा क्लोरिन पाउडर छिट्ने क्रममा ८७ हजार ६ सय ९६, पालिका द्धारा प्रदान निशुल्क एम्वुलेन्स सेवा प्रवाहमा ४ लाख २४ हजार ३ सय ५९ खर्च देखाएको छ ।

यसरी नै विपन्न राहत वितरण शीर्षकमा ३१ लाख ११ हजार ४ सय ३० रुपैया खर्च भएको जनाएको छ । स्वास्थ्य सामाग्री खरिद, सुचना तथा प्रसार सामाग्री छपाईमा २ लाख ६३ हजार ८ सय २० रुपैया खर्च देखाइएको छ ।

क्वारेन्टाईन कुक पारिश्रमिक तथा खाना खर्च ३३ हजार ३ सय ४० देखाएको विपद कोषले क्वारेन्टाईन निर्माण, ब्यवस्थापमा ३ लाख ७५ हजार भुक्तानी दिन बाकि रहेको संचारकमी माझ जनाएको छ ।

केही दिन अघि नगरपालिकाबाट जिल्ला समन्वय समितिमा छुट्टा छुट्टै मितिमा पठाईको विवरण फरक रहेको पाईए पछि विपद कोष संचालनमा प्रश्न उठेको थियो । नगरपालिकाले जेठ ७ गते एक विज्ञप्ती जारी गर्दै जिससमा पेश भएको विवरणमा केही खर्च शीर्षकमा अनुमानित भन्ने शब्द छुटेको जनाउदै त्रुटी स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्