चर्च तथा प्रार्थनास्थल खोल्न ट्रम्पको निर्देशन



वासिंगटन (एजेन्सी) ।

कोरोना संकटको खतरा र वैज्ञानिकहरुको सल्लाहका बावजुद अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्प लकडाउन खुकुलोपना विस्तार गर्ने सोचमा रहेका छन् । राष्ट्रपति ट्रम्पले अब राज्यमा चर्च लगायत सबै प्रार्थना स्थल खुला गर्न भनेका छन् ।

ट्रम्पले प्रार्थनास्थललाई जरुरी स्थानको सुचीमा राख्दै त्यसलाई खोल्न आवश्यक सेवामा पर्ने बताए । कोरोना महामारी फैलिएपछि अमेरिकामा चर्च सहित सबै प्रार्थना स्थल बन्द गरिएको थियो ।

ह्वाइट हाउसमा संचारमाध्यमलाई ट्रम्पले भने,’ मेरो निर्देशमा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन फरक फरक समुदायका लागि गाइडलाइन जारी गर्न गइरहेको छ । आज म प्रार्थनाघर, चर्च, सिनागग र मस्जिदलाई आवश्यक स्थानको श्रेणीमा राखेको छु । किनभने यसले आवश्यक सेवा प्रदा गर्छ ।’

यसअघि अमेरिकी राष्ट्रपतिले अमेरिकामा कोरोनाको दोस्रो लहरको स्थितिमा देशमा लकडाउन नहुने बताएका थिए । स्थायी लकडाउन स्वस्थ राज्य वा स्वस्थ देशका लाथि एक रणनिति नहुने उनले बताए । कहिल्यै अन्त्य नुहने लकडाउनले एक सार्वजनिक स्वास्थ्य संकट आउने उनले बताए ।

ट्रम्प देशका कयौं वरिष्ठ वैज्ञानिक तथा चिकित्सकहरुको सल्लाहलाई खारेज गर्दै लकडाउन हताउन चाहन्छ । वैज्ञानिकहरुले यसतो कदम चाल्नु हतार हुने बताएका छन् । यसबाट कोरोनाको संक्रमणलाई रोक्नमा समस्या आउन सक्छ । तर ट्रम्प लगातार आफनो देशका डाक्टर तथा वैज्ञानिकहरु विरुद्ध बयानबाजी गरिरहेको छ ।

अमेरिकामा अहिलेसम्म १५ लाख भन्दा धेरै नागरिक कोरोनाको चपेटामा आइसकेका छन् । देशमा संक्रमणका कारण ९५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार देशमा जुनको शुरुवात सम्ममा कारोना महामारीबाट मर्नेको आंकडा एक लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्