कोरोनाविरुद्धको खोप विकासमा चीन सफल हुने संकेत



बेइजिंग (एजेन्सी) ।

कोरोना भाइरससँग युद्ध लडिरहेको विश्वका लागि राम्रो समाचार आएको छ । चीनको कोरोना भाइरस खोप एडी५ को १ सय ८ स्वयंसेवकमा मानव परीक्षण पुरा भएको छ । यो खोपले मानव शरीर भित्र रोग प्रतिरोधक क्षमतालाई सुरक्षित तरिकाबाट बढाएको तर यो यसले कोविड १९ भाइरसलाई पुर्ण रुपमा समाप्त पार्न नसकेको विशेषज्ञहरुले जानकारी दिएको छ । तर विरामीको शरीरमा रोग प्रतिरोधात्मकता उत्पन्न हुनु राम्रो संकेत भएको उनीहरुले बताए ।

परीक्षणले चिनियाँ खोपले संक्रमणबाट बचाउन सक्ने प्रमाणित भएको तर निश्चित रुपमा निष्कर्षमा पुग्नु हतार हुने विशेषज्ञहरुले भेनेका छन् । चीनको यो खोप केन्सिनोले तयार पारैको हो । यो बर्षको शुरुवाटमै यो खोपको परीक्षण शुरु भएको थियो । यो कम्पनीले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र अमेरिकाको मोडेर्नाको परीक्षण भन्दा धरै आगडी नै आफनो परीक्षण शुरु गरेको थियो ।

परीक्षणका त्रममा खोपको धरै जसो डोजले इम्युन सिस्टम अर्थात प्रतिरोधात्मक प्रणाली बलियो भएको थाहा भएको छ तर एन्टिबडीको स्तर त्यति हुन सकेन जसले भाइरसलाई पुर्ण रुपमा समाप्त पार्न सकोस् । खोपका कारण भाइरस संक्रमणबाट बचाउन सकिने कोष टी सेल बलियो भएको वैज्ञानिकहरुले पाएका छन् । यद्यपी खोपको केही साइड इफेक्ट पनि देखिएका छन् । विरामीमा भित्री पिडा, मांसपेसीहरुमा पिडा तथा ज्वरो देखिएको छ । तर २८ दिन भित्र यो लक्षण कम भएको छ । कुनै पनि विराभीमा गम्भिर तथा प्राणघातक लक्षण देखिएको छैन ।

चीनको एडी ५ कारोना भाइरस खोप विश्वका सबैभन्दा अगाडी बढिरहेका कोराना भाइरस खोपमा परेको डेली मेल अखबारले जनाएको छ । यद्यपी अमेरिकाले चीनमा विकास भएको यो खापको प्रयोग गर्छ वा गर्दैन अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विशेषज्ञका अनुसार चीनको खोप परीक्षणका क्रममा सबै ती परीक्ष्ँण समुहमा कोरोना भाइरसबाट लड्नका लागि एन्टिबडी विकसित भएको छ ।

विशेषज्ञहरुले यो खोप उपयोगी हुने यकिन गर्न अझै धेरै शोधको आवश्यक भएको बताए । अहिलेसम्मको सबै परीक्षणमा मानवमा खासै कुनै साइड इफेक्ट नदेखिनु राम्रो कुरा हो । डाक्टरहरुले यसलाई अत्यन्तै राम्रो संकेत मानेका छन् । खोप तयार भएपनि यसको साइड इफेक्टका बारेमा थाहा पाउनु अत्यन्त आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्