सर्वोच्चको पहिलो महिला न्यायाधीश सिंहको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत ८१ वर्षिया सिंहको शुक्रबार निधन भएको हो । सिंह २०५८ देखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश रहेकी थिइन् । नेपालको पहिलो महिला न्यायाधिश भने चिनिएकी बार एसोसोएन तथा न्यायिक समितिमा समेत आबद्ध थिइन् ।

काठमाडौंको पकनाजोलकी शुशिलाका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । उनीहरुका एक छोरा छन् जो जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।

सिंहका छोरा आजै साँझ काठमाडौं आउने र सिंहको अन्त्येष्टि गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्