कचनकवलमा देखिएका सङ्क्रमित सबै भारतबाट आएका



न्युज अफ नेपाल, भद्रपुर ।

केहीदिन यताबाट झापाको दक्षिणी क्षेत्र कचनकवलमा देखिएको कोभिड १९ को सङ्मण हालसम्म भारतबाट आएका नागरिकमा मात्र देखापरेको छ । नेपाल भारतको सीमा क्षेत्र कचनकवलको विभिन्न नाकाबाट प्रहरीको प्रत्यक्ष निगरानीमा सोझै कवारेन्टाइनमा ल्याइएका मात्रको यो अवस्था हो ।

तर, खुला सीमाका कारण सो क्षेत्र लगायत अन्य स्थानबाट लुकिछिपी आएका मानिसले समुदायमा सार्ने भने प्रवल सम्भावना रहेकोले झापा यतिबेला सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।

हालसम्म कचनकवलमा मात्र ३३ जना सङ्क्रमित पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा ४ दिनअघि नयाँ सङ्क्रमित पुष्टि भइसकेका छन् । कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् । कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको हो । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ ।

नेपाल भारत सीमामा रहेका एक हजारभन्दा बढीलाई उद्धार गरेर झापाका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न थालिएको छ । सीमाबाट उद्धार गरिएका झापा जिल्लाभित्रका भए जुन नगरपालिका वा गाउँपालिकाका हुन् त्यहाँ निर्माण गरिएको क्वारेन्टाइनमा पठाउने बताइएको छ ।बाहिर जिल्लाका भए जाँचपछि रिर्पोट नेगेटिभ आएमा सोही जिल्लामा पुर्याउने निर्णय भए अनुसार कार्य थालनी भएको पनि जनाइएको छ ।

भारतबाट आएका हुन समाजमा फेलिएको छैन

कचनकवल गाउँपालिका अध्यक्ष अञ्जरा आलमले सङ्क्रमित देखिएका सवै भारतबाट आएको बताउँनुहुन्छ । भारतमा यातायातका साधन चलेका कारण नेपालीहरु सीमासम्म पुग्न पाए नेपाल छिर्न सकिने आँट लिएर आएको उहाँको भनाइ छ । भारीय एसएसबीले समेत नरोकेका कारण समस्या जटिल बनेको उहाँले बताउानुभयो । दुई महिना सम्म भारत बसेर नेपाल आएपछि उतैबाट सङ्क्रमित भएर आएको उहाँको भनाइ छ । कचनकवलमा करिव २ सय ३० जना क्वारेनटाइनमा रहेका छन् । समस्या आएपछि जेठ ११ गतेसम्म गाउँपालिका सिल गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी कोरोना सङ्क्रमित देखिएको कचनककवलको सीमाना रहेको हल्दीबारी गाउँपालिककाले सवै वडाहरुलाइ उच्च निगरानी बढाउन सम्बधित वाडलाइ निर्देशन दिइसकिएको पालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले बताउँनुभयो ।

कचनकवलसँग सीमा जोडिएका वाडहरुमा निगरानी बढाइएको भद्रपुरनगर प्रमुख जीवन कुमार श्रेष्ठले बताउँनुभयो । यता झापाको मुख्य प्रवेशद्धार भारतको सीमा क्षेत्र मेचीनगर नगरपालिकाबाट ४ दिन यता १ हजार भन्दा बढी सीमामा रहेकालाइ ल्याइसकेको भएपनि पालिका सिल भने गरेको छैन । उता विर्तामोडले भने विहीबार मधयरराति यताबाट सिल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्