सुनौली सीमाक्षेत्रबाट ४८ जनाको उद्दार



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको पहाडी र तराई क्षेत्रका ४८ जनालाई सिमावर्ती क्षेत्र सुनौली नाकाबाट शुक्रबार राती उद्दार गरिएको छ ।

भारतको मध्य र उत्तरी राज्यबाट आएका नेपालीहरु सिमामा अलपत्र परेको जानकारी पाए पछि स्थानीय निकाय र जिल्ला प्रशासनको समन्वयमा उद्धार गरी जिल्लामा ल्याइएको हो ।

उद्धार गरिएका नेपालीहरुमा दूर्गम पहाडी गाउंपालिका बौदिकालिका ३९ जना छन भने बुलिड.गटारका ३ जना रहेकाछन् । यसरी नै गैडाकोटका २, देवचुलीका १, कावासोतीका १, मध्यविन्दुका १ र हुप्सेकोटका १ जना रहेकाछन् ।

सिमाक्षेत्रबाट उद्धार गरिएका आफ्ना नागरिकलाई स्थानीइ निकायका क्वारेन्टाईनमा राखेर स्वास्थ्य परीक्षण गरिने बौदिकाली गाउपालिका उपाध्यक्ष माया देवी श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्