लमजुङमा बाह्य जिल्लाबाट तरकारी र फलफूल ल्याउन प्रतिबन्ध



शिक्षा पन्त, लमजुङ ।

लमजुङमा बाह्य जिल्लाबाट तरकारी तथा फलफुल ल्याउन प्रतिबन्ध लगाइएको छ ।

तरकारी तथा फलफुल बाह्य जिल्लाबाट ल्याउँदा जोखिम बढ्ने देखिएकाले कोराना भाइरस कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले रोक लगाउने निर्णय गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्षण बहादुर खड्काले बताउनुभयो । कोरना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाह्य जिल्लाबाट तरकारी तथा फलफुल आयातमा रोक लगाइएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि हेल्थ डेक्समा खटिएका स्वास्थयकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारहरुको आरडिटी जाँच गर्ने बैठकको निर्णयमा उल्लेख छ ।

बेसीशहर–७ सहजीमा रहेको क्वारेन्टाइनको सुरक्षामा सशस्त्र प्रहरी खटाउने निर्णय बैठकले गरेको छ । सुन्दरबजारको कृषि क्याम्पसमा रहेको क्वारेन्टाइनको सरुक्षामा नेपाली सेना खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्