सांसद गिरीद्वारा राहत वितरण



पर्वत ।

पर्वतबाट प्रत्यक्ष निर्वाचत संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरीले काठमाण्डौमा अलपत्र परेका पर्वतेलीलाई सहयोग गर्न राहत बोकेर घरघरमा पुग्नुभएको छ ।

संघिय राजधानीमा मजदुरी गर्ने विपन्न परिवार तथा लामो समयको लक डाउनका कारण घर जान नपाउँदा प्रभावित भएका बिद्यार्थीलाई घरघरमै पुगेर राहत बितरण गर्नुभएको हो ।

संसद वैठक जेठ १३ सम्मका लागि स्थगित भए पछि उनी अहिले पर्वत जिल्लाबाट काठमाण्डौंमा बसोबास गर्नेहरुलाई राहत सहयोग गरिहेका छन् । विरामी, मजदुरी गर्ने र विद्यार्थीहरु ५५ दिन भन्दा बढी लामो लक डाउनका कारण समस्या परेका छन् । कतिपय पर्वत जिल्ला भन्दा बाहिरबाट काठमाण्डौंमा बस्नेहरुलाई पनि सांसदले राहत कोष सहयोग गरेको उहाँको भनाई छ ।

राजधानीमा बस्ने जिल्लाबासीहरु आफूलाई सम्पर्क गर्ने हुँदा उनीहरुलाई प्राथमिकतामा राखेर आफूले सहयोग सामाग्रीहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । । उहाँले लक डाउनका कारण समस्यामा पर्नेलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । ‘विपद्को यो घडिमा कोहि पनि समस्यामा नपरोस, कोही पनि भोकै बस्न नपरोस भन्ने मेरो चाहना हो’ उहाँले भन्नुभयो ‘संकटको बेला सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ’ ।

सांसद गिरीले यस अघि पर्वत जिल्लामा कोरोना रोगको उपचारका लागि आफ्नो ३ महिना बराबरको तलब हस्तान्तरण गर्नुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी९नेकपा० पर्वत जिल्ला कमिटिका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्