थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८



न्युज अफ नेपाल, काठमाडौं ।

शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु ८, रूपन्देहमा ८, सर्लाहीमा १३, चितवन, काठमाडौं र बारामा १र१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये दुई महिला र ३० पुरूष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।

हालसम्म ७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्