नेपाल चिकित्सक संघलाई आनीको टोलीद्वारा मास्क प्रदान



न्यूज अफ नेपाल, काठमाडौ ।

नेपालमा कोरोना संक्रमणको शुरुआत देखि अनवरत रुपमा सामाजिक सेवामा उत्रिएको प्रारम्भ नेपाल र आनी छोइङ डोल्माको समूहले शुक्रबार कोरोनाको उपचारमा फ्रन्ट लाईनमा काम गर्नुपर्ने चिकित्सक संघलाई छानेको छ । यो समूहले सेवा भावले काम गरेकै कारण दिनप्रतिदिन जिम्मेवारी बढेको छ ।

भुकम्पमा पनि नेपालका स्वास्थ्य संस्था र विद्यालयका साथ भुकम्पको दुःख र पिडामा परेकाहरुको लागि सहयोगी हात फैलाउँदै देशका कुना कुनामा पुगेको यो समूहले विश्वसनीयताकै कारण आज पनि खोजी खोजी लौन सहयोग गर्नुपर्यो भनेर घच्घच्याउनेको उत्तिकै विश्वास जितेको छ ।

शुक्रवार पनि यो समूहले देशव्यापी रुपमा फ्रन्टलाईनमा बसेर कोरोनासँग लडिरहेको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघलाई ५ सय थान एन ९५ मास्क उपलब्ध गराएको छ । प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशन मार्फत सहयोगी हातहरु थपिएको स्पष्ट हुन्छ । माक्स हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चीरिबाबु महर्जन, उपप्रमुख गिता सत्याल र प्रशासकिय अधिकृत प्रेम भट्टराई समेतको उपस्थिति रहनु अर्को विश्वसनीयताको आधार खम्बा थपिनु हो ।

सहयोगी संस्था र संस्थालाई प्रोत्साहन गर्दै आएका अन्य व्यक्तित्व, सल्लाहकारहरु सहित चिकित्सक संघमा पुगेको टोलीले संघका अध्यक्ष डा.लोचन कार्कीलाई माक्स हस्तान्तरण गरेको थियो । संक्रमणको महामारीका बेला आफ्नो ज्यान नै दाउमा राखेर नागरिकको सेवा गरिरहेका डाक्टरहरु थप सुरक्षित रहुन भन्ने उद्देश्यले गायिका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसकी नेपाल प्रतिनीधि कल्पना क्षेत्री सहितको टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको प्रारम्भका प्रोजेक्ट डाईरेक्टर बद्रीराज तिमल्सिनाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्